आइतवार, बैशाख ६, २०८३ | Sun April 19, 2026


याक्थुङ सिने अवार्ड इन्टरनेशनल–२०८२ आयोजना हुने

याक्थुङ सिने अवार्ड इन्टरनेशनल–२०८२ आयोजना हुने

Omribung Admin | ३ महिना अघि

धरान : नेपाली चलचित्र क्षेत्रमा आदिवासी समुदायको भाषा, कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले याक्थुङ सिने अवार्ड इन्टरनेशनल–२०८२ आयोजना हुने भएको छ।

याक्थुङ चलचित्रकर्मी संघ, नेपालद्वारा आयोजित अवार्ड कार्यक्रम यही २०८२ साल माघ २४ गते (शनिबार) नेपालका प्रतिष्ठित कलाकारहरूको उपस्थितिमा सम्पन्न हुने आयोजकले जनाएको छ। याक्थुङ भाषा तथा चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा र कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको हो।

यसअघि संघले २०८० असार २ र ३ गते याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरेको थियो। उक्त कार्यक्रममा लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई अभिन्नन्दन, निर्देशक सुरज सुब्बालाई फक्ताङलुङ सम्मान, कलाकार प्रेम सुब्बालाई याक्थुङ वरिष्ठ कलाकार तथा किशोर सुब्बालाई वरिष्ठ याक्थुङ चलचित्रकर्मी पदबाट सम्मान गरिएको थियो।

संघका अध्यक्ष नविन मेन्याङ्बोका अनुसार याक्थुङ चलचित्र र नेपाली चलचित्रको स्तर उकास्न, संस्कृति, कला तथा भाषाको संरक्षण र प्रवर्द्धन गर्न संघ निरन्तर सक्रिय रहेको छ। याक्थुङ चलचित्रलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्यसहित नेपालमै पहिलोपटक याक्थुङ सिने अवार्ड–२०८१ सफलतापूर्वक सम्पन्न भइसकेको छ।

गत वर्षको अवार्डमा चलचित्र ‘चे’ सर्वोत्कृष्ट फिचर फिल्म घोषित भएको थियो भने निर्देशक दिनेश माङ्गे, अभिनेता विशाल सम्बाहाम्फे, अभिनेत्री बिमला खड्का, नव अभिनेता राज श्रेष्ठ, नव अभिनेत्री निसा तामाङ, चरित्र अभिनेता सिडी थेवा लगायत विभिन्न विधामा कलाकारहरू सम्मानित भएका थिए।त्यस्तै लघु चलचित्रतर्फ ‘खोक्पा’ उत्कृष्ट लघु चलचित्र बनेको थियो।

आयोजकका अनुसार दोस्रो संस्करणमा लघु फिल्म, म्युजिक भिडियोसमेत समावेश गर्दै कार्यक्रमलाई अझ व्यापक बनाइनेछ। अवार्ड कार्यक्रम सफल बनाउन सञ्चारकर्मीहरूको सहयोगको अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  मनोज भट्टराई जिताऔं अभियान टोली जनताको घर आगनमा पुग्दै


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित