शुक्रबार, कार्तिक २२, २०८२ | Fri November 07, 2025


“यो एकको लडाई होइन, सबैको भविष्यको कुरा हो” — समृद्ध राज्यको आन्दोलनमा एकजुट हुन मेयर हर्क साम्पाङ्गको आह्वान

“यो एकको लडाई होइन, सबैको भविष्यको कुरा हो” — समृद्ध राज्यको आन्दोलनमा एकजुट हुन मेयर हर्क साम्पाङ्गको आह्वान

Omribung Admin | ५ महिना अघि

धरान । समृद्ध राज्यको परिकल्पनासहित अनवरत आन्दोलनको नेतृत्व गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको उपस्थितिमा शुक्रबार एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना स्वतन्त्र नागरिक समाज धरानको नेतृत्वमा गरिएको थियो भने कार्यक्रमको स्थल धरान–१० स्थित सैनिक भवन थियो ।

गम्भीर अनि भावुक वातावरणमा सुरु भएको कार्यक्रमको सम्बोधनमा मेयर साम्पाङ्ग ले समृद्ध राज्यको लक्ष्य असाधै टाढा रहे पनि असन्तुष्टि हुन नहुने कुरा औँल्याउनुभयो । “राष्ट्रको रूपान्तरण एक–दुई महिनामा हुन सक्दैन । लक्ष्यमा पुग्न असन्तुष्ट हुन सकिन्न । एक–दुई महिनामै थाक्ने अभियन्ता हुन सक्दैन । समृद्ध राज्यको लक्ष्य नभेट्दासम्म हाम्रो प्रयास अनवरत रहनेछ । यो एकको लडाई होइन — यो हाम्रो भविष्यको कुरा हो । हाम्रो सन्ततिले सुख शान्तिपूर्ण जीवन जिउन सक्नुपर्ने राज्यको परिकल्पनासँग यो आन्दोलन सम्बन्धित छ ।” उहाँको कुरा सुन्दा कार्यक्रमस्थल स्तब्ध अनि भावुक बन्न पुगेको थियो ।

चुनावी विजय लगत्तै आफूको नेतृत्वमा सुरु गरिएका कार्यक्रमको जानकारी गराउँदै मेयर साम्पाङ्ग ले मुख्य गरि भ्रष्टाचार मुक्त राज्यको निर्माण, जनतालाई शुद्ध खानेपानी प्रदान, लागुऔषधको दुर्व्यसनको अन्त्य, फोहरको उचित व्यवस्थापन, सरसफाई कार्यक्रमको निरन्तरता, अनि राज्यको शासन प्रणाली सुधार्न कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने आन्दोलन जस्ता कार्यक्रम अघि सारेको कुरा भन्नुभयो ।

“यो आन्दोलन राज्यको असन्तुलन सुधार्न, गरिबको जीवनस्तर सुधार्न अनि भविष्यको पुस्तालाई समृद्ध देश हस्तान्तरण गर्नको लागि हो । यहाँ एकजुट हुनुपर्ने कुरा राजनीतिक दलको नारा होइन, यो जीवनको प्रश्न हो । यो आन्दोलनको लक्ष्य जीवन जिउने ढङ्ग बदल्नुपर्ने कुरा हो ।” उहाँको अभिव्यक्तिले कार्यक्रमको वातावरण असाधै गम्भीर गरायो।

त्यस्तै उहाँको अभियानमा साथ दिने सबै श्रमदाता, स्वतन्त्र नागरिक संस्था, युवा, विद्यार्थी, आमा समूह सहित सम्पूर्ण वर्गलाई समृद्ध राज्यको आन्दोलनमा एकजुट हुन आह्वान गर्नुभयो । “अबको आन्दोलन कसैको एक्लो प्रयास हुन सक्दैन । यो जनताको, समुदायको, अनि देशको भविष्यको कुरा हो । साथमा आइदिनुहोस् । एकजुट हुनुपर्ने घडी आइसकेको छ ।”

यो पनि पढ्नुहोस  स्वास्थ्य बिमा बोर्डले बिपी स्वा.बि.प्रतिष्ठानलाई प्राईमरी केन्द्रबाट हटाए पछि धरानबासीहरु आन्दोलित,सिंह दरबार घेराउ गर्ने चेतावनी

स्वतन्त्र नागरिक समाज धरानको आयोजनामा सम्पन्न कार्यक्रम प्रेरणादायी, स्तरीय अनि असाध्यै मर्मस्पर्शी भएको सहभागीको प्रतिक्रिया थियो । कार्यक्रमको अन्त्यमा उपस्थित हरूको आँखामा भविष्यको समृद्ध राज्यको परिकल्पनाले नयाँ आशा भरिएको देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित