
मलङ्वा : स्नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीले आन्दोलन गरेका छन्। जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्।
विद्यार्थीले बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले यातायात अवरुद्ध गरेका छन्। विरोध गर्दै बजार परिक्रमा समेत गरेका छन्।
पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आन्दोलन जारी नै राख्ने अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले जानकारी दिए। आन्दोलनमा सबै विद्यार्थी संगठनको सहभागीता रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

धरान ४ मा ढुंगे कला पार्कको निर्माण हुदै, बढ्न थाल्यो पर्यटकहरुको रोजाईको स्थल

टिकटक बन्द विरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदै

नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता

कोलोराडो सहरमा डढेलोबाट करिब १ हजार घर जले, ३० हजार मानिस विस्थापित

एप्पलद्धारा इजरायली जासुसी सफ्टवेयरविरुद्ध मुद्दा

प्रतिक्रिया दिनुहोस्