धरान: धरान वडा नं १६ नौलो बस्तीमा निर्माणाधिन प्रहरी चौकीको काम मेयर हर्कराज राई (हर्साक म्पाङ) ले रोक्का गर्न लिखित निर्देशन दिए पश्चात उत्पन्न भएको विवादबारे वडा कार्यालय र स्थानीयबासीले पत्रकार सम्मेलन गरेका छन् ।

Screenshot
सोमबार दिउँसो २ बजे तारा सुब्बा स्मृति पार्कमा पत्रकार सम्मेलन गर्दे वडाअध्यक्ष मुरारी भट्टराईले २०८० जेठ १७ गते वडा कार्यालयले नौलो बस्तीमा प्हरी चौकी निर्माण गर्न कार्यपालिकाबाट निर्णय गराएर सम्बन्धित निकायमा सिफारिश गर्न पत्राचार भएको जानकारी दिए ।
सोही सिफारिश पत्रको आधारमा मेयर साम्पाङकै अध्यक्षतामा २०८० जेठ १८ गतेको कार्यपालिका बैठकले नौलो बस्तीमा प्रहरी चौकी स्थापनाको लागि सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरेको जानकारी दिए ।
कार्यपालिकाको उक्त निर्णय पछि नै २०८० जेठ २८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा उपमहानगरपालिकामार्फत सिफारिश भएको उनले बताए । ‘यो ठाउँमा शान्ति सुरक्षाको लागि प्रहरी चौकी अतिआवश्यक हो, त्यसैले वडाको सिफारिशको आधारमा मेयर हर्क साम्पाङकै अध्यक्षतामा बसेको कार्यपालिका बैठकले प्रहरी चौकी बनाउन सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरेको थियो,’ वडाअध्यक्ष भट्टराईले भने,‘वडाले आर्थिक बर्ष २०७९/०८० मा १० लाख रुपैया विनियोजन गरेर हाउस पेटी उठाउने काम पनि भइसकेको छ । अहिले आएर एक्कासी काम रोक्नुभयो ।
धरान १३ जीरो पोईन्ट दुर्घटना ५ जनाको घटना स्थलमै मृत्यु पहिचान खुल्यो
चौथो धरान मेगा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता हुने
फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा सुनसरी–१ बाट हर्क साम्पाङ र सुदन किरातीको उमेदवारी निश्चित
१२५ औं धरान दिवस भब्यताका साथ सम्पन्न
राष्ट्रिय परिवर्तन पार्टीको जिल्ला घोषणा सभा आउदो पुष १९ गते धरान भानुचोकमा हुने

प्रतिक्रिया दिनुहोस्