शुक्रबार, कार्तिक ७, २०८३ | Fri October 23, 2026


धरान १६ मा निर्माणाधिन अबस्थामा रहेको अस्थाई प्रहरी चौकी रोक्का भएपछि १६ का अध्यक्ष लगायत स्थानियले गरे पत्रकार सम्मेलन

धरान १६ मा निर्माणाधिन अबस्थामा रहेको अस्थाई प्रहरी चौकी रोक्का भएपछि १६ का अध्यक्ष लगायत स्थानियले गरे पत्रकार सम्मेलन

Omribung Admin | १ वर्ष अघि

धरान: धरान वडा नं १६ नौलो बस्तीमा निर्माणाधिन प्रहरी चौकीको काम मेयर हर्कराज राई (हर्साक म्पाङ) ले रोक्का गर्न लिखित निर्देशन दिए पश्चात उत्पन्न भएको विवादबारे वडा कार्यालय र स्थानीयबासीले पत्रकार सम्मेलन गरेका छन् ।

Screenshot

सोमबार दिउँसो २ बजे तारा सुब्बा स्मृति पार्कमा पत्रकार सम्मेलन गर्दे वडाअध्यक्ष मुरारी भट्टराईले २०८० जेठ १७ गते वडा कार्यालयले नौलो बस्तीमा प्हरी चौकी निर्माण गर्न कार्यपालिकाबाट निर्णय गराएर सम्बन्धित निकायमा सिफारिश गर्न पत्राचार भएको जानकारी दिए ।

सोही सिफारिश पत्रको आधारमा मेयर साम्पाङकै अध्यक्षतामा २०८० जेठ १८ गतेको कार्यपालिका बैठकले नौलो बस्तीमा प्रहरी चौकी स्थापनाको लागि सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरेको जानकारी दिए ।

कार्यपालिकाको उक्त निर्णय पछि नै २०८० जेठ २८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा उपमहानगरपालिकामार्फत सिफारिश भएको उनले बताए । ‘यो ठाउँमा शान्ति सुरक्षाको लागि प्रहरी चौकी अतिआवश्यक हो, त्यसैले वडाको सिफारिशको आधारमा मेयर हर्क साम्पाङकै अध्यक्षतामा बसेको कार्यपालिका बैठकले प्रहरी चौकी बनाउन सम्बन्धित निकायमा सिफारिश गर्ने निर्णय गरेको थियो,’ वडाअध्यक्ष भट्टराईले भने,‘वडाले आर्थिक बर्ष २०७९/०८० मा १० लाख रुपैया विनियोजन गरेर हाउस पेटी उठाउने काम पनि भइसकेको छ । अहिले आएर एक्कासी काम रोक्नुभयो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  उध्योग बाणिज्य संघ सुनसरीमा अध्यक्ष पदमा दुई प्रत्यासीहरु भिड्दै


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित