धरान सुनसरी-उध्योग बाणिज्य संघ सुनसरी बर्तमान कार्य समितिको कार्यभार सकिनै लाग्दा नया समिति चयनका लागि अध्यक्ष पदका लागि गोपाल श्रेष्ठ र शिबराज श्रेष्ठको मनोनयन दर्ता भएको छ ।
यही असार ३० गते संघको नया नेतृत्वको लागि निर्वाचन हुन लागेको निर्वाचन समितिका आयुक्त राजेन्द्र रेग्मीले जानकारी गराए ।अध्यक्षका प्रत्यासी गोपल श्रेष्ठ वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका छन् भने यसअघि संघको कोषाध्यक्ष पनि रहीसकेका थिए । यस्तै, अर्का प्रत्यासी शिवराज श्रेष्ठ गत निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । उनी अध्यक्षमा विजय श्रेष्ठसँग पराजित भएका थिए । विगतमा उनी संघको महासचिव रहिसकेका थिए ।
निर्वाचन समितिका अनुसार उद्योगतर्फको महिला सदस्यमा मीना राईको मात्र उम्मेद्वारी परेको छ । अन्यको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध निवार्चित भएपनि निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।
निर्वाचन समितिका अनुसार वाणिज्यतर्फको ८ जना सदस्य पदको लागि १५ जनाको उम्मेद्वारी मनोनयन भएको छ भने उद्योग तर्फको ४ जना सदस्य पदको लागि ७ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । एशोसिएटतर्फ ३ जना सदस्य पदमा ५ जनाको मनोनयन दर्ता भएको छ भने बस्तुगततर्फ २ जना सदस्य पदमा ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
Video
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्