बुधबार, भदौ ३१, २०८३ | Wed September 16, 2026


नेकपा माओवादी केन्द्र धरान १९ ले थाल्यो सामूहिक खेती,भिडियो

नेकपा माओवादी केन्द्र धरान १९ ले थाल्यो सामूहिक खेती,भिडियो

Omribung Admin | १ वर्ष अघि

नेकपा माओवादी केन्द्र धरान १९ ले सुनसरी स्थित रामधुनी नगरपालिका वडा नं ७ रानी पोखरी नजिक १० बिगाहा खेती योग्य जमिन लिजमा लिएर सामूहिक खेती शुकु गरेको छ ।

Screenshot

Screenshot

हिजो असार १५ अर्थात धान दिवसको अवसर पार्टीको बिभिन्न तहका कार्यकर्ताहरुको उपस्थितिमा रोपांईको शुरुवात गरेको नेकपा माओवादी केन्द्र धरान उपमहानगरका सदस्य एवं सामूहिक कृषि खेतिका संयोजक सन्त तेम्बेले जानकारी गराए ।यसैगरी उक्त खेति गर्नाका लागि सम्बन्धित जग्गा धनीहरुसंग २० बर्षको लागि लीजमा लिएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवं सामूहिक कृषि खेतिका ईन्चार्ज सन्तोष लिम्बूले जानकारी गराए ।

Screenshot

यसैगरी किन ? के का लागि ? र कुन प्रयोजनको लागि सामूहिक खेती गरिदैछ भन्ने प्रशनको उत्तर दिदै वडा पार्टी अध्यक्ष ललित लिम्बु भन्छन् – वडा पार्टी सन्चालन,आत्म निर्भर र परिश्रमी बन्नको लागि यस्तो सामूहिक कामको थालनी गरिएको जानकारी गराए भने यहाबाट उत्पादन भएको बस्तुहरुको केही प्रतिशत वडा कमिटीलाई पनि छुट्टयाउने समेत जानकारी गराए ।

Video

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  धरान उपमहानगरको १६ औं नगर सभा सम्पन्न भैरहदा उपमहानहरको प्रमुख प्रबेश द्वारले गर्दै गरेको स्वागत


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित