बुधबार, भदौ ३१, २०८३ | Wed September 16, 2026


नेपाल तरुण दल सुनसरी क्षेत्र नं १ ले बडिविल्डिङ च्याम्पियनसीप प्रतियोगिता गराउने

नेपाल तरुण दल सुनसरी क्षेत्र नं १ ले बडिविल्डिङ च्याम्पियनसीप प्रतियोगिता गराउने

Omribung Admin | १ वर्ष अघि

धरान सुनसरी : नेपाल तरुण दल सुनसरी क्षेत्र नं १ कार्य समितिको आयोजनामा यही आउदो २०८२ भदौ २७ र २८ गते धरान उपमहानगरपालिका वडा नं १५ स्थित सदन स्कूलमा उक्त प्रतियोगिता हुने कुरा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

कार्य समितिले पहिलो बैठकबाट राष्ट्र निर्माणमा तरुणहरुको योगदान भन्ने मुल नारालाई आत्मसाथ गरी पहिलो कार्यक्रमको रुपमा सबै तरुणहरुलाई क्षमता अभिबृद्दिका लागि तरुण लिडरसीप १ दिने तालिम भब्य रुपमा सम्पन्न गरिएको जानकारी गराउदै देश निर्माणमा अगाडी बढ्नका लागि देशमै खेलकुद, कला, संगीत, साहित्य र स्थायी रोजगार मुखी खेलकुद बनाउदै अगाडी बढ्नु पर्छ भन्ने नव बिचार प्रस्तुत गर्दै उक्त प्रतियोगिता गर्न लागिएको सम्मेलननमार्फत जानकारी गरिएको थियो ।

यसै गरी सुनसरी क्षेत्र नं १ भरिका बडिविल्डर्सहरुले निशुल्क रुपमा ५५/६५/७० र ७५ केजी तौल समूहको खेलाडीहरुले भाग लिन पाउने जानकारी अध्यक्ष अजय राईले जानकारी गराए । सदन स्कूलमा हुने उक्त प्रतियोगितामा प्रथमम हुनेले रु एकलाख, दोश्रो हुनेले रु. पचास हजार, तेश्रो हुनेले रु तीस हजार,चौथो हुनेले रु. बीस हजार, पाचौं हुनेले रु. पन्ध्र हजार बेस्ट पोजरले दश हजार र मोस्ट मस्क्युलरले रु. दश हजार प्राप्त गर्ने आयोजक कमिटिले जानकारी गराएको थियो ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  काली खोला खानेपनी मुहानमा लुगा धुने र पौडी खेल्नेहरुले गर्दा फोहर पानी खान बाध्य


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित