ओम्रीबुङ : नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको मिति २०८२ असा १० गते देखि लागू हुने गरी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रथम बिमा नहुने केवल रेफरल मात्र रहने भने पछि यतिबेला धरानका राजनीतिक दलहरुले ईलाका प्रशासन कार्यालयका प्रमुख लक्ष्मी प्रसाद रेग्मी र बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति संजीव शर्मालाई सामूहिक रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
सरकारले लिएको पछिल्लो नीतिले धरानका जनताहरु स्वास्थ्य बीमाको सेवा बिपी प्रतिष्ठानबाट लिनको लागि पहिलो पल्ट नजिकको इटहरी,इनरुवा वा बराहक्षेत्रमा रहेको सरकारी अस्पतालमा जानु पर्ने बाध्य हुन्छन् ।तसर्थ धरानका जनताको हीतलाई मध्य नजर गर्दै बिपी प्रतिष्ठानलाई प्रथम सेवा केन्द्र र रेफरल सेवा केन्द्रको रुपमा कायम गरीदिनहुन भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
दलहरुको तर्फबाट नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा (माओवादी केन्द्र)का उद्दव लिम्बू, जसपा नेपालका ताजुव लिम्बू र नेकपा (एकिकृत समाजवादी)का रेवती रमण राई लगायतका अन्य उपस्थितमा ज्ञापन पत्र बुझाईएको हो ।
यसै गरी बिपी कोईराला श्वस्थ्य बिज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति संजीव शर्माले भने हामी स्वास्थ्य बिमा बोर्डमा यस सम्बन्धि बारम्बार सम्पर्कमा रहिरहेका छौं तर हिमा बोर्डलेनै यस सम्बन्धि कुनै उत्तर दिएको छैन । उल्टै स्वास्थ्य बिमा बोर्डले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७५ करोड दिन बाकि रहेको पनि जानकारी गराए । उनले भने यो बिमाको रकम हामीले तत्काल प्राप्त नगरे प्रतिष्ठान चल्न अप्ठ्यारो हुने जानकरी गराए भने हस्पिटल डाईरेक्टर जगत नारायण प्रसादका अनुसार अब कर्मचारीलाई तलब खुवाउन र हस्पिटलमा चाहिने आबश्यक सामग्रीहरु समेत किन्न नसकिने जानकारी गराए । यसै गरी बीमा बोर्डले प्रतिष्ठान संग गरेको बीमा सम्झौता यही २०८२ अषाढ ३२ गते समाप्त हुदैछ त्यसको नबीकरण बीमा बोर्डले गरेको छैन त्यसैले हामी डाक्डरहरुनै बीमा पिडीत भैरहेका छौं, भन्दै रजिस्ट्रार सुर्य संग्रौलाले जानकारी गराए । यस सम्बन्धि सरकारले गरेको यो निर्णयले यतिबेला देशभरका बिमित जनताले बिपी हस्पिटलमा बिमाबाट उपचार गराउनबाट वन्चित हुने देखिन्छ ।
भिडियो
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्