जेनजी आन्दोलनको नाममा धरानमा निजी घरमा भएको तोडफोड, आगजनी र लुटपाटकोघटनामा पीडितहरुले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
गत भदौ २३ र २४ गते देशभर भएको जेन्जी आन्दोलन बेला धरानमा पूर्ब मेयर मनोज मेन्याङबो, पूर्ब धरान उपप्रमुख मन्जु भण्डारी, नेपाली कांग्रेस प्रदेश महा मन्त्री उमेश थापा, नेका सुनसरी क्षे नं १ का सभपति सुजेन्द्र गोले, पूर्ब सांसद जयकुमार राई र धरान उपमहानगर कार्यपालिका सदस्य सृजना नेपालको घरमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो ।
किटानी जाहेरी दिने क्रममा पूर्ब नगर प्रमुख मनोज कुमार मेन्याङबोले भने दुई दिन अघिनै किटानी जाहेरी दिई सकेका थिए भने बाकि रहेका अन्यले आज ईलाका प्रहरी कार्यालमा सामूहिक रुपमा पुगि ब्यक्तिगत ढंगले ईलाका प्रहरीका डिएस्पी प्रकाश जबेगुलाई किटानी जाहेरी दिएका छन् ।
किटानी जाहेरी दिने क्रममा पूर्ब उपप्रमुख मन्जु भण्डारीकानुसार उक्त घटनामा संलग्न सबै मेयर साम्पाङका आसेपासे रहेको जानकारी गराए भने हाम्रा कोही आफन्त वा पार्टीकै कार्यकर्ता भएपनि जो कसैलाई छाडिनु हुदैन भन्दै नेपाली कांग्रेस नगर सभापति श्याम पोख्रेलको अभिब्यक्ति रहेको थियो ।
एता ईलाका प्रहरी प्रमुख जबेगुकानुसार आज सम्म उक्त घटनामा संलग्न आरोपीहरु मध्य पाच जनालाई पक्राउ गरि सकिएको जानकारी गराए ।
भिडियो
धरानको बजेट तर्जुमा बैठकमै विवाद, कार्यपालिका बैठक र नगरसभा स्थगित
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त

प्रतिक्रिया दिनुहोस्