आइतवार, बैशाख ६, २०८३ | Sun April 19, 2026


नेकपाको सुनसरी १ निर्वाचन परिचालन सचिवालय कार्यालय धरानमा उद्घाटन

नेकपाको सुनसरी १ निर्वाचन परिचालन सचिवालय कार्यालय धरानमा उद्घाटन

Omribung Admin | ३ महिना अघि

धरान : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन सचिवालयको कार्यालय धरानमा उद्घाटन गरिएको छ।
सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले धरान–३ स्थित सदन रोडमा सचिवालयको उद्घाटन गरेका हुन्।


कार्यलय उद्धघाटन गर्दे राईले केन्द्र सँग सम्पर्क भएका बिकास योजनाहरु अगाडि बढने बताए । उनले धरानको खानेपानी समस्या समाधान गर्ने, सडक पूर्वाधारको विकास गर्ने र सुकुम्बासी समस्यालाई व्यवस्थित गर्ने उदेश्यले सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि मनोज भट्टराई जिताउन अपिल गरे ।
विगतका उम्मेदवारहरूले गरेका बाचाहरू र विगतका अधुरा कामहरू पूरा गर्ने जिम्मेवारीका आफ्नो काँधमा रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।
राईले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न राजनीतिक दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, र जनता समाजवादी पार्टी बीच तालमेल र सहकार्य सहकार्य गरेको बताए ।


केन्द्रिय सदस्य किरण राईले सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट पार्टीले मनोज भट्टराई राजनीतिक र निर्वाचन क्षेत्रको हिसाबले सबैभन्दा सबल रहेको दाबी गरे । राईले मतदाताहरूलाई चुनाव चिन्ह ुताराु मा मतदान गरी विजयी गराउन अपील गर्दे मनोज भट्टराईको विजय कुनै व्यक्तिको मात्र नभई मुलुकको वर्तमान राजनीतिक संकट समाधानका लागि नेपाल कम्युनिष्ट पार्टीको आवश्यकता रहेको राईले बताए । उनले निर्वाचनलाई व्यवस्थित गर्न ५०१ सदस्यीय मूल समिति घोषणा गरिएको र सबै कार्यकर्ताहरू कार्यविभाजन गरी मैदानमा उत्रिसकेको जानकारी दिए ।उनले कुनै पनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, सामाजिक सञ्जालको हल्ला वा जातिय र क्षेत्रीय कुरामा नलागी देशको भविष्य र समृद्धिका लागि मतदान गर्न अनुरोध गरे ।
सचिवालय मार्फत सुनसरी–१ का नेकपाका उम्मेदवार मनोज भट्टराईलाई विजयी गराउन निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गरिने निर्वाचन परिचालन समिति संयोजक किरण राईले जानकारी दिए।
संयोजक राईले नेकपाको जित सुनिश्चित रहेको दाबी गर्दै उम्मेदवार भट्टराई जनताको पक्षमा काम गर्ने, निष्पक्ष र इमानदार नेता भएको बताए। उनले भट्टराईले दुई कार्यकाल धरान–१७ का वडा अध्यक्षको रूपमा जनमुखी काम गरेको अनुभव रहेको पनि उल्लेख गरे।
मनोज भट्टराईले धरानलाई विगतमा पर्यटकीय, सांस्कृतिक, फेसन, खेलकुद र शैक्षिक सहरको रूपमा चिनिन्थ्यो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पस जस्ता संस्थाहरूले देशका लागि दक्ष जनशक्ति उत्पादन गरेका छन्।

यो पनि पढ्नुहोस  सुम्निमा पारुहाङ साझ-२ सम्बन्धि मेयर साम्पाङको पत्रकार सम्मेलन


तर हाल धरानको शैक्षिक र सामाजिक वातावरणमा ह्रास आएको र दुर्व्यसन जस्ता समस्याहरू बढेकोले ति समस्या हल गर्दे धरानको बिकासमा जोड दिन आफनो उम्मेदवारी महतवपूर्ण रहेको बताए । भट्टराई जनतासँगको सम्बन्ध र प्रतिबद्धता व्यक्त गर्दे सुनसरी क्षेत्र नम्बर १ का विकट क्षेत्रहरूलाई सडक सञ्जालले जोड्ने प्रतिबद्धता व्यक्त गरे । उनले विशेष गरी बाँझगरा,नडाह,धरानसडक,कालापानी,भल्लोचौर,विष्णुपादुका,धरान सडक र पञ्चायन,हरियाली सडक खण्डलाई आफ्नो कार्यकालमा पूर्णता दिने साथै विष्णुपादुका र चिण्डेडाँडाको पर्यटन प्रवर्द्धन गर्ने तथा स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने वातावरण निर्माण गर्ने बताए । भट्टराईले भने ‘चुनावको बेला मात्र देखा पर्ने र जितेपछि हराउने प्रवृत्तिको अन्त्य गर्ने बाचा गर्दे आफुले हारे वा जित जे भए पनि आफू सधैँ यसै क्षेत्रका जनताको सुख(दुःखमा साथै रहने र आफ्नो शरीर यहीँको माटोमा अर्पण गर्ने भावनात्मक प्रतिबद्धता व्यक्त गरे ।’भट्टराईले धरान र सुनसरी क्षेत्र नम्बर १ को गुमेको साख र अभिमानलाई पुनर्जीवित गराउनु आफ्नो मुख्य जिम्मेवारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित