धरान । उज्यालो नेपाल पार्टीले प्रदेश नं. १ अन्तर्गत धरान भानुचोकमा चुनावी सभा आयोजना गर्ने घोषणा गरेको छ। पार्टीको उपमहानगर समिति, धरानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी कार्यक्रमबारे जानकारी दिएको हो।
प्रेस विज्ञप्ति अनुसार पछिल्लो राजनीतिक परिस्थिति पछि उदाएको नयाँ राजनीतिक शक्तिका रूपमा पार्टीले छोटो समयमै संगठन विस्तार गर्दै जनताको समर्थन बढाएको दाबी गरेको छ। पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधि सभाको सुनसरी–१ मा आफ्ना उम्मेदवारहरू मैदानमा उतारेको जनाएको छ।
प्रत्यक्षतर्फ “बिजुलीको बल्ब” चुनाव चिन्ह र समानुपातिकतर्फ “बाँसुरी” चिन्ह लिएर पार्टी चुनावमा सहभागी हुने उल्लेख गरिएको छ। प्रत्यक्ष तर्फ युवा नेता डम्बर लावती (जेन्टल) उम्मेदवार रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
पार्टीका अनुसार माघ ११ गते धरानमा आयोजना हुने चुनावी सभामा प्रदेश तथा केन्द्रीय तहका नेताहरू, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको व्यापक सहभागिता रहने र दिउँसो २ बजे सुरु हुने उक्त कार्यक्रममा प्रमुख बक्ताको रुपमा पार्टी अध्यक्ष कुलमान घिसिङ उपस्थित हुने जानकारी गराएको छ ।
“सुशासन, समृद्धि र सामाजिक न्याय” नारासहित स्थापित पार्टीले राष्ट्रिय परिवर्तनका लागि जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै चुनावी सभालाई शक्ति प्रदर्शनका रूपमा लिएको जनाएको छ।
विज्ञप्तिमा ‘राष्ट्र परिवर्तनका लागि उज्यालो नेपाल’ भन्ने नारासहित कार्यक्रम सफल पार्न सबैलाई आह्वान गरिएको छ।
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक

प्रतिक्रिया दिनुहोस्