ओम्रीबुङ मुक्कुमलुङ संरक्षणसँग सम्बन्धित विभिन्न समितिहरूले ‘Save Mukkumlung, No Cable Car र No Koshi’ का मागमा प्रतिबद्धता नजनाउने उम्मेदवारलाई आगामी निर्वाचनमा मत नदिन आह्वान गरेका छन्।
जारी प्रेस विज्ञप्तिमा लामो समयदेखि मुक्कुमलुङ संरक्षण, कोशी नाम खारेजी र मुक्कुमलुङ क्षेत्रमा प्रस्तावित केबलकार परियोजना विरुद्ध आन्दोलन हुँदै आएको उल्लेख गरिएको छ। आन्दोलनका क्रममा राज्य पक्षबाट दमन, पक्राउ, मुद्दा दर्ता र बल प्रयोग भएको आरोपसमेत विज्ञप्तिमा लगाइएको छ। आन्दोलनरत पक्षले शान्तिपूर्ण आन्दोलनमा सहभागीहरूमाथि भएको दमनको भर्त्सना गर्दै घाइते तथा पक्राउ परेकाहरूको रिहाइको माग गरेको छ।
विज्ञप्तिमा भ्रष्टाचार, बेथिति, असमानता र ऐतिहासिक पहिचानको मुद्दालाई जोड्दै आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्ना एजेण्डा अघि सार्ने जनाइएको छ। समितिले ‘Save Mukkumlung (मुक्कुमलुङ संरक्षण/बचाऔँ)’, ‘No Cable Car (मुक्कुमलुङमा केबलकार खारेजी)’ र ‘No Koshi (प्रदेश नं. १ को कोशी नाम खारेजी)’ लाई मुख्य मागका रूपमा सार्वजनिक गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा यी एजेण्डामा स्पष्ट प्रतिबद्धता नजनाउने दल र उम्मेदवारलाई ‘No Vote’ दिन मतदातासमक्ष अपिल गरिएको छ। साथै, आफ्ना मागमा सहमति जनाउने उम्मेदवारलाई मात्र समर्थन गरिने विज्ञप्तिमा उल्लेख छ।
यो प्रेस विज्ञप्ति मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति तथा प्रदेश नं. १ पुनःनामकरण संयुक्त संघर्ष समितिद्वारा जारी गरिएको हो।
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र


प्रतिक्रिया दिनुहोस्