ओम्रीबुङ धरान — विष्णु सांस्कृतिक युवा क्लबको आयोजनामा धरान उपमहानगरपालिका वडा नं. २०, विष्णुपादुकामा पहिलो पटक वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
क्लबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिता २०८१ वैशाख १९ गतेदेखि २२ गतेसम्म स्थानीय सिर्जना खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा धरान–२० का विभिन्न टोल तथा वडाका टोलीहरूको सहभागिता रहने जनाइएको छ।
आयोजकका अनुसार खेलकुदमार्फत स्वास्थ्य प्रवर्द्धन तथा युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। साथै, धरान–२० क्षेत्रमा खेलकुद पूर्वाधारको कमी भए पनि यस्तो प्रतियोगिताले खेलकुद विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।
प्रतियोगिताका विजेताले नगद रु. ५०,००० तथा उपविजेताले रु. २५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। अन्य विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने बताइएको छ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीहरूलाई प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेको छ
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्