ओम्रीबुङ/बिज्ञान राई/धरान । बराह सहकारीका पीडित बचतकर्ताहरूले आफ्नो बचत रकम फिर्ता गराउन तत्काल पहल गर्न धरान उपमहानगरपालिका, जिल्ला प्रशासन तथा सम्बन्धित सरकारी निकायसँग माग गर्दै आएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
बराह सहकारी स्वतन्त्र पीडित समूह, धरानले जारी गरेको प्रेस विज्ञप्तिमा सहकारी समस्याबारे विभिन्न चरणमा पहल गर्दा पनि पीडितहरूले लामो समयदेखि आफ्नो बचत रकम फिर्ता पाउन नसकेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा सहकारी समस्याग्रस्त घोषणा भएपछि व्यवस्थापन समिति गठन गरी बराहको ऋण उठाउने, भाडा उठाउने, विभिन्न स्थानमा छरिएर रहेका सम्पत्ति संरक्षण गर्ने, लिलाम गर्नुपर्ने सम्पत्ति लिलाम गर्ने तथा हिसाब–किताब छानबिन गरी पीडितलाई रकम फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।

Screenshot

Screenshot

Screenshot

Screenshot

Screenshot
पीडित समूहका अनुसार बराह सहकारीको समस्या समाधानका लागि धरान उपमहानगरपालिकाको कार्यपालिकाबाट समस्याग्रस्त घोषणा गर्ने निर्णयसमेत भएको थियो। त्यसपछि पनि समस्या समाधानमा अपेक्षित प्रगति हुन नसकेको पीडितहरूको गुनासो ।
पीडित समूहले बराह सहकारीको आर्थिक कारोबार प्रभु कमर्सियल बैंकसँग रहेको उल्लेख गर्दै सहकारीका केही सञ्चालक तथा सम्बन्धित व्यक्तिहरूको नाममा सम्पत्ति राखिएको र बैंक कारोबार तथा सम्पत्तिको अवस्थाबारे थप छानबिन आवश्यक रहेको जनाएको छ।
विज्ञप्तिमा बराह सहकारीसँग सम्बन्धित करोडौं रुपैयाँ बराबरको सम्पत्ति तथा कारोबार रहेको दाबी गर्दै पीडितहरूको बचत रकम फिर्ताका लागि ती सम्पत्तिको संरक्षण तथा कानुनी प्रक्रियामार्फत असुली गर्न सरकारसँग माग गरिएको छ।
विज्ञप्तिमा केही व्यक्तिहरू फरार सूचीमा रहेको उल्लेख गर्दै उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारसँग जोडदार माग गरिएको छ।
पीडित समूहले लामो समयसम्म बचत रकम फिर्ता नपाउँदा कतिपय पीडित आर्थिक तथा मानसिक समस्यामा परेको समेत जनाएको छ। सहकारीको रकम अभावका कारण उपचार र औषधि खर्च जुटाउन नसकेको, पारिवारिक समस्या बढेको तथा कतिपय पीडित गम्भीर समस्यामा परेको विज्ञप्तिमा उल्लेख छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनको माग
बराह सहकारीका सञ्चालक तथा कर्मचारीबाट हिनामिना भएको भनिएको रकम र सम्पत्तिको वास्तविक अवस्था पत्ता लगाउन सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानसमेत अघि बढाउन पीडित समूहले माग गरेको छ।
विज्ञप्तिमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जाहेरी दर्ता भई छानबिन भइरहेको र विभिन्न व्यक्तिविरुद्ध नोटिस समेत जारी भएको उल्लेख गरिएको छ। पीडितहरूले अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाई दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेका छन्।
पीडित समूहले सरकार तथा सम्बन्धित निकायलाई सिफारिस कार्यान्वयन गर्दै बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया तीव्र बनाउन आग्रह गरेको छ।
विज्ञप्तिको अन्त्यमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरूप्रति पीडितहरूको समस्या समाधानका लागि पहल गर्न अनुरोध गरिएको छ।
डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी
धरानको बजेट तर्जुमा बैठकमै विवाद, कार्यपालिका बैठक र नगरसभा स्थगित
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै

प्रतिक्रिया दिनुहोस्