आइतवार, भदौ २३, २०८१ | Sun September 08, 2024


थुलुङ राई सहजिकरण सोलुखुम्बुले गर्यो थुलुङ भाषामै महिना र बारसहतिको भित्तेपात्रो सार्बजनिक

थुलुङ राई सहजिकरण सोलुखुम्बुले गर्यो थुलुङ भाषामै महिना र बारसहतिको भित्तेपात्रो सार्बजनिक

Omribung | ५ महिना अघि

चैत्र २५, काठमाडौ । थुलुङ राई सहजिकरण सोलुखुम्बुले नयाँ वर्ष २०८१ (यले सम्वत ५०८४/८५) को विभिन्न चाडपर्व र सूचना सहितको भित्तेपात्रो सार्वजनिक गरेको छ । काठमाडौ स्थित, कपन पैयुँटारमा हिज एक कार्यक्रम गरि संस्थाका कार्यवाहक अध्यक्ष पासाङ दोर्जे राईले भित्तेपात्रो सार्वजनिक गरेका थिए ।

थुलुङ राई सहजीकरण सोलुखुम्बुले नयाँ वर्ष २०८१ सालको विविध सूचनाहरु उल्लेखित भित्ते पात्रो सार्वजनिक गरेको छ।

कार्यवाहक अध्यक्ष पासाङ दोर्जे राईका अनुसार संस्थाको पहिलो वर्षमा भएका विभिन्न कार्यक्रम र गतिविधिहरु समेटेर निकालिएको उक्त भित्तेपात्रोमा नेपाली भाषा र अंग्रेजी भाषाका साथै थुलुङ भाषामा समेत महिना र बारको नामका रहेकाे र किरात सिरिजंगा लिपिलाई पनि संस्थाले आधिकारिकता दिँदै उक्त लिपि पनि भित्तेपात्रोमा समाबेस गरिएको छ ।

थप कुरा राख्दै संस्थाका उपाध्यक्ष नरबहादुर राई भन्छन, “यस क्यालेन्डरमा सबै चाडपर्व त छँदैछ त्यसमा पनि किरात थुलुङ राई हरुको मौलिक चाडहरु पनि समाबेस गरिएको छ । यस्ता मौलिक चाड लाई हामिले प्राथमिकता दिएनौँ भने यस्ता चाड हराउँदै जानेछ । त्यसैले हामिले भित्तेपात्रो मात्र निकालेका छैनौ, थुलुङ राईहरुको मौलिक चाडहरुको पनि जगेर्ना गर्ने प्रयास गरेका छौँ ।”

संस्थाका कोषाध्यक्ष छिरिङ राई “शिशिर”का अनुसार १ हजार ५ सय प्रति प्रकाशन गरिएको भित्तेपात्रो उपत्यकामा रहेका थुलुङ राई तथा सोलुखुम्बुमा रहेका प्राय सबै थुलुङ बस्तीको हरेक घर घरमा पुग्ने गरि वितरण गर्न सुरु भैसकेको छ । उनि भन्छन, “थुलुङहरुको मौलिक चाड उल्लेख भएको पात्रो यि सबै थुलुङ बस्तिमा चाँडै नयाँ वर्ष २०८१ सुरु हुन अगावै पुगिसक्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिृकत पक्राउ


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित

x
x