देशमा घटिरहेको वर्तमान अवस्था लगातार रुपमा अवरुद्ध भैरहेको संसद, संघीय शिक्षा विधेयकमाथि भइरहेका विरोध र टिआरसीबारे राष्ट्रपतिले चासो देखाएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभामा निरन्तर अवरोध गर्दै आएको छ।
लगातार संसद अवरोध हुँदा जनताका कुरा सांसदहरूले सदनमा राख्न नपाएको विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राखेका हुन्। राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच यस विषयमा पनि कुराकानी गर्ने तयारी छ। राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा चासो राखेको अर्को विषय शिक्षा विधेयकसम्बन्धी छ। मन्त्रिपरिषदले शिक्षा विधेयक पारित गरिसकेको छ तर सदनमा पेश गरेको छैन। सदनमा पेश नहुँदै शिक्षा विधेयकका कतिपय व्यवस्थालाई लिएर विरोध हुन थालेको छ। निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम घोषणा गर्दै उनीहरूले माइतीघर मण्डलमा प्रदर्शन पनि गरेका थिए। निजी विद्यालय सञ्चालकहरूले कम्पनीमा दर्ता भएका निजी विद्यालयलाई ५ वर्षभित्र शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्ने विधेयकको बुँदा सरकारले संशोधन गर्नुपर्ने माग राखेका छन्।
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्