
देशमा घटिरहेको वर्तमान अवस्था लगातार रुपमा अवरुद्ध भैरहेको संसद, संघीय शिक्षा विधेयकमाथि भइरहेका विरोध र टिआरसीबारे राष्ट्रपतिले चासो देखाएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभामा निरन्तर अवरोध गर्दै आएको छ।
लगातार संसद अवरोध हुँदा जनताका कुरा सांसदहरूले सदनमा राख्न नपाएको विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राखेका हुन्। राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच यस विषयमा पनि कुराकानी गर्ने तयारी छ। राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा चासो राखेको अर्को विषय शिक्षा विधेयकसम्बन्धी छ। मन्त्रिपरिषदले शिक्षा विधेयक पारित गरिसकेको छ तर सदनमा पेश गरेको छैन। सदनमा पेश नहुँदै शिक्षा विधेयकका कतिपय व्यवस्थालाई लिएर विरोध हुन थालेको छ। निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम घोषणा गर्दै उनीहरूले माइतीघर मण्डलमा प्रदर्शन पनि गरेका थिए। निजी विद्यालय सञ्चालकहरूले कम्पनीमा दर्ता भएका निजी विद्यालयलाई ५ वर्षभित्र शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्ने विधेयकको बुँदा सरकारले संशोधन गर्नुपर्ने माग राखेका छन्।

धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित

चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह

पाथीभरा केवलकार विवाद : धरानमा पक्राउ परेकाहरूलाई म्याद थप गरेपछि सामूहिक गिरफ्तारी दिने तयारी

मु्कुमलुङ केवलकार विवाद पूर्वको ९ जिल्ला बन्द आव्हान्, सुनसी धरानमा ५ जना पक्राउ

थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न

प्रतिक्रिया दिनुहोस्