सरकारी विद्यालयमा सिभिल इन्जिनियरिङ
शिक्षा निकेतन माध्यमिक विद्यालय धरानले आप्mनो विधालयमा सिभिल इन्जिनियरिङ विषय पढाइ भइरहेको पत्रकार भेटघाटमा बताएको छ । पत्रकारसङ्गको भेटघाटमा सो विद्यालयका प्रधानाध्यापक उमेश गुरागाँईले न्युनतम खर्चमा सिभिल इन्जिनियरिङ विषय पढाउँदै आएको र उत्पादित विद्यार्थीहरु श्रम बजारमा खपत भएको बताए । उनने भने–‘प्राविधिक विषय पढाइ भइरहे पनि धरानकै अभिभावकहरुमा जानकारी नभएकोले धरानभन्दा बाहिरका विद्यार्थीहरु पढ्न आएका छन् ।’

सिभिल इन्जिनियरिङ विषयमा रुची भएकाहरुकोलागि कक्षा –९ देखि नै पठनपाठनको व्यवस्था भएको सो विद्यालयको कक्षा १२ सम्मको प्रत्येक कक्षामा ४८ जना विद्यार्थीको कोटा रहेको छ । विद्यालयका प्रधानाध्यापक उमेश गुरागाँईकाअनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकता दिएर नयाँ भर्ना सुरु गर्न लागेको बताए । पत्रकार भेटघाटमा वडाध्यक्ष रमेश राईले आप्mनो वडामा २०७० सालदेखि प्राविधिक शिक्षा दिने विद्यालय भए पनि विद्यालयको बारेमा अभिभावकसम्म पुग्ने गरि प्रचार हुन नसकेको बताए । वडाध्यक्ष राईले भने ‘हामीले विद्यार्थीहरुलाई छात्रवृतिजस्ता सुविधा पनि दिने गरेका छौ । तर, विद्यार्थीहरुसम्म अझै लान सकेका छैनौं ।’
वि.सं. २०१० सालमा स्थापना भएको सो विद्यालय प्राविधिक विषयमा सिभिल इन्जिनियरिङ पढाउने सुनसरीको पहिलो प्राविधिक विद्यालय हो । कार्यक्रममा प्रदेश सभा सदस्य यसोदा काँयस्थले प्राविधिक विषय पढाउने विद्यालयको बारेमा अभिभावकसम्म पुग्ने गरि प्रचार आवश्यक रहेको र आपूm पनि विद्यालयलाई सहयोग गर्न उत्साहित रहेको बताए ।
तलब पुनरावलोकन माग्दै बिपी कोईराला स्वा.बि.प्रतिष्ठानका मेडिकल अफिसर आन्दोलनतर्फ
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

प्रतिक्रिया दिनुहोस्