धरान: पहिलो पटक धरानमा रात्रीकालिन समएमा आयोजना भएको २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको फाइनल खेल धरान वडा नं १४ र १५ बीच भिडन्त भएको भएको थियो। उक्त प्रतिस्पर्धामा धरान १४ ले बाजी मारेको थियो।
रात्रीकालिन समएमा धरान १६ स्थित रंगशालामा संचालन भएको उक्त खेल दर्सक हरुले खचाखच भरिएको थियो। आयोजकका अनुसार दर्शकहरु प्याराफिटमा नअटेपछि टिकट बेच्ननै छाडेको गेट टिकेट काउण्टरका सदस्य किशोर बुढाथोकीले बताए । बिहिबार भएको फाइनल खेलमा वडा नं १५ लाई १–० को गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । वडा नं १४ गोधुलीमा च्याम्पियन भएको यो दोस्रो पटक हो । यसअघि वडा नं १४ २१ औं सँस्करणमा पनि च्याम्पियन भएको थियो ।
प्रतियोगितामा उपाधि ट्रफीसँगै वडा नं १४ ले नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता वडा १५ ले नगद ७५ हजार हात पार्यो । साथै, वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)का बुबाले विजेता र उपविजेता दुवै टिमलाई २५/२५ हजार थप नगद पुरस्कार दिएका थिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच वडा १४ का आशिष पुरी घोषित हुदै नगद ५ हजार ५ सय थापे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुदै वडा नं १४ का विवेक राईले नगद १५ हजार र ट्रफी हात पारे ।
यस्तै, प्रतियोगिताको बेष्ट गोलकिपर वडा १४ का राजु खड्का, बेष्ट डिफेन्डर वडा १५ का आशुतोष राई, बेष्ट मिडफिल्डर वडा १५ का एरिक गुरुङ, बेष्ट स्ट्राइकर वडा १४ का निमेष तामाङ घोषित भए भने बेष्ट कोच पनि वडा १४ का शिव राई भए । उनीहरु सबैले जनही नगद ५ हजार ५ सय र ट्रफी हात पारे । यसैगरि, प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका वडा १७ का कृष्ण राईले नगद ७ हजार ५ सय थापे भने राइजिङ प्लेयरको पुरस्कार वडा १७ का सुवास बिक घोषित हुदै नगद ५ हजार ५ सय पाए ।
फेयर प्ले टिम वडा नं १७ ले हात पार्यो ।विजेता र उपविजेता टिमका खेलाडी, व्यक्तिगत पुरस्कार विजेता खेलाडीहरुलाई आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसी, प्रमुख अतिथि एवं धरानका मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रबिक्रम बेघा, पुर्वमेयर तिलक राई, वडाअध्यक्षहरु कृष्ण भट्टराई, विवेक राई, गल्फ संघका अध्यक्ष एवं सर्वोत्कृष्ट खेलाडी पुरस्कारका प्रायोजक जितेन्द्र राईलगायतले पुरस्कार विरतण गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुम्निमा पारुहाङ प्रतिमूर्ति निर्माण प्रवर्दनका निमित्त सुम्निमा रन २०८३ हुदै
बराह सहकारीका पीडितले गरे पत्रकार सम्मेलन, सञ्चालकमाथि कारबाही र सम्पत्ति छानबिनको माग
डिल्ली पब्लिक स्कूल सम्बन्धी गुनासोमा छानबिनको माग गर्दै BPKIHS मा निवेदन, ७२ घण्टाभित्र प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस्