मङ्लबार, भदौ ९, २०८३ | Tue August 25, 2026


इन्जिनियरिङ विद्यार्थीहरूले कोशी प्रदेशमा गर्दैछन् पर्यटनको नयाँ बाटो

इन्जिनियरिङ विद्यार्थीहरूले कोशी प्रदेशमा गर्दैछन् पर्यटनको नयाँ बाटो

Omribung Admin | १ वर्ष अघि

इन्जिनियरिङ विद्यार्थीहरूले कोशी प्रदेशमा गर्दैछन् पर्यटनको नयाँ बाटोको खोजी

ओम्रीबुङ खबर : एलिसन हस्पिटालिटी प्रा.लि.ले नेपालको पर्यटनलाई नवीनता र स्थानीय समुदायको विकाससँग जोड्न ‘सोकेस-कोशी कार्यक्रम’ सुरु गरेको छ । यस अन्तर्गत देशभरका इन्जिनियरिङ (सिभिल र आर्किटेक्ट) विद्यार्थीहरूले प्रतिस्पर्धात्मक रूपमा पर्यटनका लागि नयाँ डिजाइन, संरचना र सामुदायिक योजनाहरू बनाएका छन् ।

प्रतियोगितामा २१ टिममध्ये १० टिम छनौट भएका छन्, जसमा एक्मी कोस्टर टिम एक्मी इन्जिनियरिङ कलेज, एग्रो भिलेज टिम नेपाल इन्जिनियरिङ कलेज, बियोण्ड द ब्रिउ टिम ख्वपा इन्जिनियरिङ कलेज, टिम कोशी एक्स्प्लोरर टिम पुल्चोक क्याम्पस, पाथफाइण्डर टिम पुल्चोक क्याम्पस, केटुपिए टिम पुल्चोक क्याम्पस, विनर टिम पुल्चोक क्याम्पस, स्केच स्क्वायर्ड पुल्चोक क्याम्पस, रुरल रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज, पुल्चोक इयर फाइभ पुल्चोक क्याम्पसबाट रहेका छन् ।

छनौट भएका टिमहरूले डाँडाबजार, राजारानी, रौता पोखरी, सोलु, संखुवासभा, पानीटार इलाम, सूर्योदय अन्तु इलाम, माइपोखरी, ओखलढुंगा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको स्थानमा पर्यटन विकासका लागि अध्ययन गरी थ्री डी मोडेल, ड्राइंग र प्रस्तुतिहरू तयार पारेका छन् । यी प्रोजेक्टहरू जेठ ९ देखि ११ सम्म काठमाडौंको होटल जी रामायणामा प्रदर्शनी गरिने आयोजक एलिसन हस्पिटालिटी प्रा.लि.की अध्यक्ष एलिना मगरले बताईन् ।

अध्यक्ष मगरका अनुसार प्रतियोगिताको फाइनलमा प्रथम, दोस्रो र तेस्रो स्थान जित्ने टिमलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । साथै, सबै सहभागीले १० हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।

अध्यक्ष मगरले भनेकी छिन्, ‘यसले विद्यार्थीहरूको सिर्जनशीलता र व्यावसायिक क्षमतालाई पर्यटन र सामुदायिक विकाससँग जोड्नेछ ।’ कार्यक्रमले स्थानीय सम्पदाको उपयोग गरी दिगो पर्यटन बढाउन मद्दत पुग्ने आयोजक एलिसन हस्पिटालिटी प्रा.लि.का निर्देशक सगुन थापा मगरको बुझाई छ ।

यो पनि पढ्नुहोस  मनोज भट्टराई जिताऔं अभियान टोली जनताको घर आगनमा पुग्दै

प्रदर्शनीपछि कोशी प्रदेशमा पनि यी प्रोजेक्टहरू प्रस्तुत गरिने भएको छ । काठमाण्डौ र कोशीमा हुने प्रर्दशनले आफू विद्यार्थीहरुहरुलाई थप उर्जा मिल्ने प्रतिस्पर्धी विद्यार्थीहरुको भनाई छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित