लजेस राई:धरान प्रदेश १
धरान उपमहानगरपालिका–२० अन्तर्गत साविक बिष्णुपादुका–९ को ठूलो खैरे हुँदै जमुनेगाउँ सम्म जोडिने सडक खण्ड हालैको अविरल वर्षाका कारण व्यापक क्षति पुगेको छ। बगर थुप्रिएको पाँखाबाट माटो र ढुंगा झरेर सडकको धेरै भूभाग अबरुद्ध भएको छ, जसले गर्दा स्थानीयवासीहरूलाई दैनिक यात्रा गर्न कठिनाइ भएको छ।
उक्त क्षेत्रका बासिन्दाहरूको मुख्य बजार धरान–११ मंगलवारेमा रहेको मङ्गलबजार हो, परापूर्वकालदेखि हरेक मङ्गलबार र शुक्रबार स्थानीय हटिया लाग्दै आएको छ। तर, सडक अवरुद्ध हुँदा स्थानीयहरूलाई आधा बाटो पैदल हिँडेर र आधा बाटो सवारी साधन प्रयोग गरी बजारसम्म पुग्न बाध्य हुनु परेको छ
यस सम्बन्धमा वडाध्यक्ष श्री पदम लिम्बुसँग जिज्ञासा राख्दा, ठूलो खैरे क्षेत्रमा हाल सडक मर्मत कार्य जारी रहेको जानकारी गराउँदै, केही समयमै सिरिसे–जमुने सडक खण्डमा पनि काम सुरु गरिने आश्वासन दिएका छन्।
तलब पुनरावलोकन माग्दै बिपी कोईराला स्वा.बि.प्रतिष्ठानका मेडिकल अफिसर आन्दोलनतर्फ
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

प्रतिक्रिया दिनुहोस्