धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा स्कुल बस दुर्घटना हुँदा ५ जनाकोघटनास्थलमै मृत्यु भएको छ।
आइतबार भेडेटारतर्फबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको स्कुल बस जिरोप्वाइन्ट नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्युशबा मेडिकल’मा ठक्कर दिँदा पसलसमेत क्षतिग्रस्त भएको छ।
दुर्घटनामा परी मृत्यु भएका ५ जना बसमा सवार थिए वा बाहिरका व्यक्ति थिए भन्ने विषयमाहालसम्म यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबु राईलेजानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीलेजनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी राईले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
धरानमा श्रम संस्कृति पार्टीबाट सामूहिक राजीनामा, नेतृत्वमाथि प्रतिबद्धता उल्लंघनको आरोप
विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
धरान–२० मा वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने
धरानमा ‘चौथो गोरखा ट्रेलब्लेजर–२०८२’ हुने

प्रतिक्रिया दिनुहोस्