धरान —विश्व शान्तिका लागि प्रथम, द्वितीय तथा विभिन्न युद्धमा सहादत प्राप्त वीर गोर्खा सैनिकहरूको सम्मानमा धरानमा ‘चौथो गोरखा ट्रेलब्लेजर–२०८२’ आयोजना हुने भएको छ।
Gurkha Cemeteries Trust Nepal को आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम चैत्र १४ गते शनिबार बिहान ६:३० बजे सुरु हुनेछ।
दौड प्रतियोगिता धरानको भानुचोकदेखि ब्रिटिस गोर्खा स्मृति पार्कसम्म सञ्चालन हुने जनाइएको छ। करिब ९ किलोमिटर दूरीको उक्त दौडमा झण्डै ६०० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।
कार्यक्रमको उद्घाटन स्थानीय जनप्रतिनिधिको उपस्थितिमा हुने बताइएको छ। आयोजकका अनुसार कार्यक्रमको उद्देश्यहरु वीर गोर्खा सैनिकहरूको योगदानको सम्मान गर्नु, धरानको पर्यटन प्रवर्द्धन गर्नु, नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउनु रहेको छ।
कार्यक्रम सफल बनाउन सञ्चारकर्मी तथा सर्वसाधारणलाई सहभागी भई प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरिएको छ। स्थान: धरान (भानुचोक → ब्रिटिस गोर्खा स्मृति पार्क) समय: बिहान ६:३० बजे मिति: २०८२ चैत्र १४ गते, दूरी: ~९ किमी र सहभागी: ~६०० रहेको आयोजकले जनाएको छ ।
भिडियो
धरानको प्रवर्द्धनमा ‘साँच्चै स्वर्ग धरान मेरो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार,एमसीएच भवन चाडै सन्चालनमा आउदै
धरानमा ‘कोरा राइड २०८३’ साउन २ गते, ३० किलोमिटर साइकल र्याली हुदै
बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपकुलपतिमा कार्की नियुक्त
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित

प्रतिक्रिया दिनुहोस्