शेर्पा संघ दक्षिण कोरियाले रसुवाका बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख ४८ हजार ८८३ (३१ लाख ८१ हजार १७५ कोरियन वन) आर्थिक सहयोग प्रदान गरेको छ। ३० अगस्ट २०२६ मा संघले एक पत्र जारी गर्दै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनःस्थापनाका लागि उक्त मानवीय सहयोग गरेको जानकारी दिएको हो।
संघले प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु आफ्नो मानवीय दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
संघका महासचिव निम्नुरी खापा शेर्पा र अध्यक्ष दोर्चि शेर्पा द्वारा हस्ताक्षरित पत्रमा “पीडित परिवारको दुःखमा हाम्रो साथ—मानवीय सेवामा हाम्रो हात” भन्ने सन्देशसमेत दिइएको छ।
विदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा साथ दिने शेर्पा संघ दक्षिण कोरियाको यो सहयोगले प्रवासी नेपालीको आर्थिक सहयोग र सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको छ।
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
बीपी प्रतिष्ठानका कर्मचारीले दिए एक दिनको पारिश्रमिक, जुट्यो ३७ लाखभन्दा बढी राहत
धरानका ज्येष्ठ नागरिक लक्षित अस्टियोपोरोसिस स्क्रिनिङ तथा उपचार कार्यक्रम सञ्चालन हुँदै (भिडियो सहित)
राष्ट्रिय स्वतन्त्र चालक एकता संघर्ष समितिको पत्रकार सम्मेलन, २१ बुंदे माग सार्बजनिक
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस्