सोमवार, मंसिर ८, २०८३ | Mon November 23, 2026


इटहरीमा ‘हर्क साम्पाङ फुटबल कप २०८३’ आयोजना हुने, विजेताले २ लाख पाउने

इटहरीमा ‘हर्क साम्पाङ फुटबल कप २०८३’ आयोजना हुने, विजेताले २ लाख पाउने

Omribung Admin | १ हप्ता अघि

ओम्रीबुङ/ बिज्ञान राई/ इटहरी । श्रम संस्कृति पार्टी इटहरी युवा नगर समितिको आयोजनामा आगामी मंसिर १० गतेदेखि १७ गतेसम्म ‘हर्क साम्पाङ फुटबल कप २०८३’ सञ्चालन हुने भएको छ। ‘खेलबाट एकता, श्रमबाट समृद्धि, युवा शक्ति, खेलकुदको गति – समृद्ध राष्ट्र हाम्रो नीति’ भन्ने मूल नाराका साथ प्रतियोगिता इटहरीस्थित क्षेत्रीय रंगशालामा आयोजना हुन लागेको हो।


प्रतियोगितामा ९ टोलीको सहभागिता रहने प्रतियोगितामा आयोजक सहित कोशी प्रदेशका विभिन्न जिल्लाका ९ वटा प्रतिष्ठित फुटबल क्लबहरूको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा:
आयोजक: युनाइटेड क्लब अफ तरहरा

सुनसरी: राष्ट्रिय जागृति क्लब, इटहरी
मोरङ: पथरी–११
झापा: चुलाचुली स्पोर्टिङ क्लब, दमक
उदयपुर: ब्रदर्शहुड क्लब, उदयपुर
इलाम: रेडहर्स फुटबल क्लब, इलाम
धनकुटा: रारा फुटबल क्लब, राजारानी
खोटाङ: के.डी.एफ.ए., खोटाङ
भोजपुर: कोदार फुटबल क्लब, भोजपुर
खेल तालिका सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल मंसिर १० गते बिहीबार आयोजक युनाइटेड क्लब तरहरा र पथरी–११ मोरङबीच हुनेछ।
मंसिर ११ गते (शुक्रबार): रारा फुटबल क्लब राजारानी (धनकुटा) र चुलाचुली स्पोर्टिङ क्लब (झापा)
मंसिर १२ गते (शनिबार): राष्ट्रिय जागृति क्लब (इटहरी) र ब्रदर्शहुड क्लब (उदयपुर)  मंसिर १३ गते (आइतबार): के.डी.एफ.ए. (खोटाङ) र कोदार फुटबल क्लब (भोजपुर)
मंसिर १४ गते (सोमबार): रेडहर्स फुटबल क्लब (इलाम) र मंसिर १३ गतेको विजेताबीच प्रतिस्पर्धा

मंसिर १५ र १६ गते (मंगलबार र बुधबार): सेमिफाइनल खेलहरू
मंसिर १७ गते (बिहीबार): फाइनल खेल


आकर्षक पुरस्कार राशि
प्रतियोगिताको विजेता टोलीले नगद रु. २ लाख (इटहरी–२० निवासी हाल हङकङमा रहनुभएका मान राज गुरुङद्वारा प्रायोजित) प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. १ लाख ५० हजार (ताप्लेजुङ येचम्बु निवासी दिले खालिङ राईद्वारा प्रायोजित) हात पार्नेछ।

यो पनि पढ्नुहोस  विजयपुर दरबार क्षेत्रमा ऐतिहासिक लिम्बु समाधि स्थल भत्काईएको भन्दै किरात याक्थुङ चुम्लुङको आपत्ति


त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु. २५ हजार र उच्च गोलकर्ता (हाई स्कोरर) ले रु. १५ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर (मोहन राई, मकालु वाइनद्वारा प्रायोजित), उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच र राइजिङ प्लेयर (सुजना राई, इटहरी–२० द्वारा स्व. श्री लक्ष्मी राई माम्ली बोजुको नाममा प्रायोजित) लाई जनही रु. १० हजार प्रदान गरिनेछ। यसका साथै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद रु. ५ हजार (रोशन राईद्वारा प्रायोजित) प्रदान गरिने आयोजक समितिले जनाएको छ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित