बुधबार, जेष्ठ २०, २०८३ | Wed June 03, 2026


भक्तपुरमा टोलटोलबाट गाई निकालेर गाइजात्राको सुरुवात

भक्तपुरमा टोलटोलबाट गाई निकालेर गाइजात्राको सुरुवात

Omribung | ३ वर्ष अघि

भक्तपुर, १४, भाद्र । आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व बुधबारदेखि सुरु भएको छ। भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँंझ घिन्तागिसी नाच (लठी जुधाएर खेलिने नाच) को प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु भएको हो।

भक्तपुर साताव्यापी रुपमा मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गर्र्दै मनाइएको थियो । नेवार समुदायमा लोकप्रिय पर्व गाईजात्रा बुधबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर सुरुवात गरिएको थियो । यस क्षेत्रका नेवार समुदायहरुले हिजो जनैपूर्णिमा मनाएर आजदेखि गाइजात्र मनाएका हुन ।

गाईजात्रामा मृतकहरुको सम्झना गर्दै मृतकको घरबाट बाँस र कपडाको गाई बनाउँदै त्यसमा मृतकको तस्विर उक्त गाईलाई नौ पटक टोल घुमाउने चलन छ । उक्त गाईमा नौ थरीका लुगा लागाउने र आज नौ थरी कै खानेकुरा (गेडागुडी, क्वाँटी) खाने चलन रहिआएको छ । गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

आजबाट नाचिने विशेष नाचमा बाजाको तालमा हातहातमा लौरो लिएर ुघिनिताङ घिनिताङ घिन्ताङघिसी त्वाङ’ भन्दै नाच्ने परम्परा छ ।

काठमाडौँका राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकी आफ्नी माहारानीलाई मृत्यु सबैको घरमा हुन्छ भनि बर्षभरी दिवंगत भएका घरबाट गाई निकाल्नु भनि आदेश दिएसँगै यो जात्रा चलिआएको भन्ने जनविश्वास छ । उक्त दिन प्रताप मल्लले राज्यमा भएका र समाजमा भएका व्यतिथिहरुलाई पनि व्यङ्ग्यको रुपमा उतार्नु लगाएका थिए । यसको उदेश्य भने आफ्नी शोकाकुल रानीलाई खुसी तुल्याउनु थियो । त्यहि परम्परा अनुसार नै यस जात्रामा देश विदेश र समाजमा भएका व्यतिथिहरु पनि व्यङ्ग्यात्मक रुपमा प्रश्तुत गरिने गरिन्छ ।

यो पनि पढ्नुहोस  थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न

गाईजात्राका क्रममा यहाँं दुई दर्जन थरी (विधा)का सयौं प्याखं (नाच) देखाइन्छन्। यहाँं देवी नाच, भैल नाच, बाँंदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन्। साथै लाखे नाच, नटु (मथु) वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच , ख्या नाच, कवाँंचा नाचलगायतका नाच पनि देखाइन्छन्। साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाचलगायतका नाच देखाइन्छन्। यी सवै नाचमा फरकफरक रुपमा फरकफरक भेषमा मानिस नै नाचिन्छन्। गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँंदै आएको छ।

 

 

सवारीसाधन प्रवेश निषेध, १६ ठाउँंहरुमा पार्किङको व्यवस्था

भक्तपुर नगरपालिकाले जनैपूर्णिमा र गाईजात्रा पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा सवारीसाधन प्रवेश निषेध गरेको छ।

साथै, नगर प्रवेश गर्ने चारैतिरका १६ स्थानहरुमा सवारीसाधन पार्किङ तोकेको छ। जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, ट्राफिक, ख्वप मिनिबस सेवा समिति, ख्वप अस्पतालका प्रतिनिधिको सहभागितामा बसेको बैठकले नगरको विभिन्न वडाहरूमा पार्किङस्थलको व्यवस्था गरेको हो।

 

  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित