
काठमाडौं, १८ पुष ।
नेपाल क्रिकेट संघ क्यान ले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् । वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर क्यानले कारबाही गरेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरी प्रशिक्षणमा नगएका हुन् । क्यानले गरेको क्रिकेट खेलाडीको वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण उनीहरूलाई क्यानले ६ महिना तलब नदिने निर्णय गरेको थियो । प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल सहितका खेलाडीको समर्थनमा रहेका अन्य खेलाडी पनि अनुपस्थित भएका छन् । रोहितकुमार पौडेल, करण केसी, अविनाश बोहोरा, बिनोद भण्डारी, सुसन भारी, नन्दन यादव र कुशल भुर्तेल पनि बन्द प्रशिक्षणमा गएका छैनन् । अन्य केही खेलाडी पनि अनुपस्थित भएको बताइएको छ। अरू को(को अनुपस्थित भए भन्ने विस्तृत विवरण आइसकेको छैन । क्यानले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको थियो । बन्द प्रशिक्षणका लागि नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके नेपाल आइसकेका छन् । क्यानले सहायक प्रशिक्षक अझै नियुक्त गरेको छैन । फेब्रुअरीमा हुने आइसीसी टी(२० विश्वकप छनोटका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा डाकिएको हो ।

धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित

चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह

पाथीभरा केवलकार विवाद : धरानमा पक्राउ परेकाहरूलाई म्याद थप गरेपछि सामूहिक गिरफ्तारी दिने तयारी

लिभरपुलका प्रशिक्षक क्लोपले चेल्सीविरुद्धको खेल गुमाउने

पोखरा रंगशालामा मनाङको दोस्रो जित,

प्रतिक्रिया दिनुहोस्