बिहिबार, माघ ९, २०८२ | Thu January 22, 2026


संसाकै सबैभन्दा बुढो एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन

संसाकै सबैभन्दा बुढो एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन

Omribung | ४ वर्ष अघि

काठमाडौं । अफ्रिकी मुलुक एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन भएको छ। एरिट्रियाका नाताबे तिन्सीउको १२७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।उनका नाति जेरे नाताबेले हजुबुवाको नाममा सबैभन्दा धेरै वर्ष बाँच्ने व्यक्तिको विश्व कीर्तिमानमा लेखिने जनाएका छन्।

आफ्नो हजुरबुवा दीर्घजीवी हुनुको कारण धैर्य, उदारता र आनन्दित जीवन रहेको बताएका छन्। नाताबेको सोमबार अजिफामा मृत्यु भएको परिवारले जनाएको छ। उक्त गाउँमा तीन सय जनाको बसोबास रहेको छ।

उनको परिवारले भने उनी सन्१८८४ मा जन्मिएका थिए। र, उनलाई इसाई धर्म अनुसार १० वर्षको उमेरमा मात्रै एक पादरी गाउँमा आउँदा चर्चमा प्रवेश गराइएको थियो।

नाति जेरेले गिनिज बुक अफ वल्र्ड रेकड्र्सलाई हजुरबुवाको उमेरबारे जानकारी गराइसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  धरान ४ मा ढुंगे कला पार्कको निर्माण हुदै, बढ्न थाल्यो पर्यटकहरुको रोजाईको स्थल


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित