काठमाडौं १६ पुष ।
नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभएको छ । नवलपुरमा यसअघि मंसिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो । वन आसपासमा बाघको आतंक बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिनअघि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
धरान जेन्जी आन्दोलन बेला आगजनी,तोडफोड र लुटपाटमा संलग्न बिरुद्द प्रहरीमा दिए सबैले किटानी जाहेरी
फोटो र भिडियो ट्रोल बनाई सामाजिक सन्जालमा पोष्ट गर्ने बिरुद्द उपमेयर बेघा द्वारा साईबर ब्युरोमा उजुरी
थुलुङ राई सहजीकरण सोलुखुम्बुले सम्पन्न गर्यो सरसफाई कार्यक्रम
श्री रत्न मेमोरियल बोर्डिङ्ग स्कुलको अभिभावकत्व कार्यक्रम सम्पन्न
गोर्खा चौतारीमा माउन्टेन गण स्थापनाः लाहुरे इतिहासको सम्मान

प्रतिक्रिया दिनुहोस्