काठमाडौं १६ पुष ।
सर्लाहीमा पाँच दिनदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । गत मंगलबार प्रहरीको भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलवासमा जारी निषेधाज्ञा अझै नहटेपछि जाडोमा सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको हो । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा तीन दिनदेखिको निषेधाज्ञालाई भोलि साँझ ७ बजेसम्म थप गरेको छ । स्थानीय प्रशासन र पीडित परिवारबीचको छलफल निश्कर्षमा पुगेपनि सहमति कार्यान्वयन नभएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । सहमतिअनुसार पीडित परिवारले शव नबुझेपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा तेस्रोपटक थप गरिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ । पाँच दिनअघि प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका ५, सखुबनीस्थित खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना शंकास्पद भन्दै आक्रोशित स्थानीय र बयलवास बजार क्षेत्रका व्यापारीहरूसमेत आन्दोलित भएपछि निषेधाज्ञा लगाइको छ ।
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, नारायणकाजी श्रेष्ठले भने– कम्युनिस्ट आन्दोलनका वैचारिक योद्धा
धरानमा पहिलो पटक महिला अन्तर्राष्ट्रिय गोल्डकप, आयोजनाका लागि ९१ लाख ९० हजार खर्च अनुमान
शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधान मन्त्री राहक कोषमा जम्मा गर्यो यति ठूलो रकम
सुनसरी, धनकुटा र उदयपुरका युवाले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
बराह सहकारीका पीडितले गरे पत्रकार सम्मेलन, सञ्चालकमाथि कारबाही र सम्पत्ति छानबिनको माग

प्रतिक्रिया दिनुहोस्