काठमाडौं १६ पुष ।
नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभएको छ । नवलपुरमा यसअघि मंसिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो । वन आसपासमा बाघको आतंक बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिनअघि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा सुनसरी–१ बाट हर्क साम्पाङ र सुदन किरातीको उमेदवारी निश्चित
धरान जेन्जी आन्दोलन बेला आगजनी,तोडफोड र लुटपाटमा संलग्न बिरुद्द प्रहरीमा दिए सबैले किटानी जाहेरी
फोटो र भिडियो ट्रोल बनाई सामाजिक सन्जालमा पोष्ट गर्ने बिरुद्द उपमेयर बेघा द्वारा साईबर ब्युरोमा उजुरी
थुलुङ राई सहजीकरण सोलुखुम्बुले सम्पन्न गर्यो सरसफाई कार्यक्रम

प्रतिक्रिया दिनुहोस्