शुक्रबार, चैत्र १४, २०८१ | Fri March 28, 2025


एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, राष्ट्रपतिद्वारा समवेदना प्रकट

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, राष्ट्रपतिद्वारा समवेदना प्रकट

Omribung | २ वर्ष अघि

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । मध्य राति हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लैजाने क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ। प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू राति नै अस्पताल पुगेका थिए ।

नेम्वाङको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । राति नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतक नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए। ७१ वर्षीय नेम्वाङ नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका थिए ।

Source: Ratopati

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

Source: Ratopati

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  धरानमा निस्कियो सद्भाव –याली, जिल्ला प्रशासनद्धारा सामूहिक कार्यक्रममा रोक


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित