आइतवार, साउन १०, २०८३ | Sun July 26, 2026


सुम्निमा पारुहाङ अभियानका लागि टिकट बिक्री धमाधम हुदै

सुम्निमा पारुहाङ अभियानका लागि टिकट बिक्री धमाधम हुदै

Omribung Admin | २ वर्ष अघि

फागुन ४ धरान : धरान उपमहानगरका प्रमुख हर्कराज राईको प्रमुख अभियानमा धरान २० स्थित चिण्डे डाडामा सुम्निमा पारुहाङको प्रतिमूर्ति बन्ने भएपछि हाल धरान तातिएको छ ।

सोही अबसरमा यही फागुन १० गते एक भब्य सांगीतिक कार्यक्रमको आयोजना राखिएको कार्यक्रम संयोजक सौरभ श्रेष्ठले जानकारी दिए । कार्यक्रमका सह संयोजक मिना सिंगकका अनुसार उक्त सांगीतिक कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारहरु राजेश पायल राई,दयाहाङ राई,सुगम पोख्रेल,विल्शन बिक्रम राई,मेलिना राई,प्राश्ना शाक्य,एलिशा राई,रचना रिमाल,कन्चन थलङ साथै कवि तथा प्राज्ञ राजन मुकारुङ लगायतका अन्य कलाकारहरुको उपस्थितिमा सुम्निमा पारुहाङ महा अभियानका लागि उक्त कार्यक्रम हुने जानकारी गराए ।

उक्त सांगीतिक कार्यक्रमको लागि धरान स्थित भानुचोक घण्टाघर गेटमा धमाधम टिकट बिक्री भैरहेको पनि समितिका सदस्य कमान सिं याम्फुले जानकारी गराए । साथै उक्त सुम्निमा पारुहाङ साँझ २०८० ”
आउँदो २०८० चैत्र १० गते शनिवार धरानस्थित धरान रंगशालामा
स्थान : धरान रङ्गशाला ,धरान १६
कार्यक्रम शुरु हुने समय : साँझ ५ बजे देखि
गेट खुल्ने समय : साँझ ४ बजे देखि हुने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
1
यो पनि पढ्नुहोस  धरान संगीत प्रतिष्ठानद्वारा विश्व संगीत दिवसको अवसरमा श्रष्टाहरुलाई सम्मान गरिने


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित