शनिबार, असार २८, २०८२ | Sat July 12, 2025


थुलुङ राई सहजीकरण सोलुखुम्बुले सम्पन्न गर्यो सरसफाई कार्यक्रम

थुलुङ राई सहजीकरण सोलुखुम्बुले सम्पन्न गर्यो सरसफाई कार्यक्रम

Omribung | ४ हप्ता अघि

३१ जेष्ठ २०८२,काठमाडाै । “सफा सुग्घर पर्यावरणको नारा, सरसफाइमा जुटौँ सारा” मूल नाराका साथ सामाजिक संस्था थुलुङ राई सहजीकरण सोलुखुम्बुले काठमाडौँको गोकर्णेश्वर नगरपालिका – ४ जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिको परिसरमा बृहत सरसफाई कार्यक्रम गरेको छ ।

सरसफाई कार्यक्रममा सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, स्थानीय नागरिकहरु, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुका साथै थुलुङ राई सहजीकरण सोलुखुम्बुका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

पर्यावरणलाई जोगाउनको लागि यो सानो प्रयासले ठूलो सन्देश दिएको संस्थाका अध्यक्ष पासाङ्ग दोर्जे राईले बताए । एकता नै शक्ति हो र त्यहि शक्तिलाई यस्ता सामाजिक कार्यहरु गर्नमा संस्था निरत्नर लागिहेको जानकारीका साथ संस्थाका उपाध्यक्ष नरबहादुर राईले उपस्थित सम्पूर्ण सहभागीलाई धन्यबाद दिए ।

बिगतका दिनहरु जस्तै यस बर्ष पनि बार्षिक कार्यक्रमको निरन्तरताको रुपमा यस संस्थाले सरसफाई कार्यक्रम गरेको हो । यस संस्थाले सरसफाई लगाएत बिभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कार्यक्रमका केही झलक:

थुलुङ राई सहजीकरण सोलुखुम्बु

थुलुङ राई सहजीकरण सोलुखुम्बु

थुलुङ राई सहजीकरण सोलुखुम्बु

सरसफाईको क्रममा थकाइ मार्दै सहभागीहरु

फोहर संकलन गर्दै

थुलुङ राई सहजीकरण सोलुखुम्बु

फोहर संकलन गर्दै

थुलुङ राई सहजीकरण सोलुखुम्बु

साना बिरुवाको संरक्षण गर्न बार बार्दै

थुलुङ राई सहजीकरण सोलुखुम्बु

संकलन गरिएका फोहोरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  भक्तपुरमा टोलटोलबाट गाई निकालेर गाइजात्राको सुरुवात


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित