३१ जेष्ठ २०८२,काठमाडाै । “सफा सुग्घर पर्यावरणको नारा, सरसफाइमा जुटौँ सारा” मूल नाराका साथ सामाजिक संस्था थुलुङ राई सहजीकरण सोलुखुम्बुले काठमाडौँको गोकर्णेश्वर नगरपालिका – ४ जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिको परिसरमा बृहत सरसफाई कार्यक्रम गरेको छ ।
सरसफाई कार्यक्रममा सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, स्थानीय नागरिकहरु, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुका साथै थुलुङ राई सहजीकरण सोलुखुम्बुका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
पर्यावरणलाई जोगाउनको लागि यो सानो प्रयासले ठूलो सन्देश दिएको संस्थाका अध्यक्ष पासाङ्ग दोर्जे राईले बताए । एकता नै शक्ति हो र त्यहि शक्तिलाई यस्ता सामाजिक कार्यहरु गर्नमा संस्था निरत्नर लागिहेको जानकारीका साथ संस्थाका उपाध्यक्ष नरबहादुर राईले उपस्थित सम्पूर्ण सहभागीलाई धन्यबाद दिए ।
बिगतका दिनहरु जस्तै यस बर्ष पनि बार्षिक कार्यक्रमको निरन्तरताको रुपमा यस संस्थाले सरसफाई कार्यक्रम गरेको हो । यस संस्थाले सरसफाई लगाएत बिभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
कार्यक्रमका केही झलक:

थुलुङ राई सहजीकरण सोलुखुम्बु

सरसफाईको क्रममा थकाइ मार्दै सहभागीहरु

फोहर संकलन गर्दै

फोहर संकलन गर्दै

साना बिरुवाको संरक्षण गर्न बार बार्दै

संकलन गरिएका फोहोरहरु
मारवाडी समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रीति स्थानिय सरकारबाट सम्मानित
तलब पुनरावलोकन माग्दै बिपी कोईराला स्वा.बि.प्रतिष्ठानका मेडिकल अफिसर आन्दोलनतर्फ
श्रम संस्कृति पार्टी मेयर आकांक्षि अब २ जाना बीच सहमती हुन बाकि
फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा सुनसरी–१ बाट हर्क साम्पाङ र सुदन किरातीको उमेदवारी निश्चित
धरान जेन्जी आन्दोलन बेला आगजनी,तोडफोड र लुटपाटमा संलग्न बिरुद्द प्रहरीमा दिए सबैले किटानी जाहेरी

प्रतिक्रिया दिनुहोस्