काठमाडौं, ९ पुस ।
एक महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपालकी जवान एक महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । विवाह गर्ने भनेर ती महिलासँग थापाले शारीरिक सम्पर्क गर्ने गरेको र पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बलात्कारको उजुरी हालेको स्रोतले जानकारी दिएको छ । बलात्कार गरेको कसुरमा ७ दिनको म्याद लिएर थापामाथि अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
धरान जेन्जी आन्दोलन बेला आगजनी,तोडफोड र लुटपाटमा संलग्न बिरुद्द प्रहरीमा दिए सबैले किटानी जाहेरी
फोटो र भिडियो ट्रोल बनाई सामाजिक सन्जालमा पोष्ट गर्ने बिरुद्द उपमेयर बेघा द्वारा साईबर ब्युरोमा उजुरी
थुलुङ राई सहजीकरण सोलुखुम्बुले सम्पन्न गर्यो सरसफाई कार्यक्रम
श्री रत्न मेमोरियल बोर्डिङ्ग स्कुलको अभिभावकत्व कार्यक्रम सम्पन्न
गोर्खा चौतारीमा माउन्टेन गण स्थापनाः लाहुरे इतिहासको सम्मान

प्रतिक्रिया दिनुहोस्