
सामुदायिक बिद्यालयलाई सरकारको ३ तहबाटनै सहयोगहरु प्राप्त भैरहेका हुन्छन् । हरेक सामुदायिक बिद्यालयहरुको तालुकदार निकायहरुको रेखदेख हुन्छ । तर ती सबे तालुकदार निकायहरु राजनीतिको जालो भित्र फसेको भान हुने गर्दछ । जसले गर्दा सामुदायिक बिद्यालयहरुको शैक्षिक स्तर घट्न गएको हो भनेर सोझै अनुमान लगाउन सकिन्छ । खासगरी विद्यालयबाट राम्रो नतिजा दिने गरी काम गर्ने जिम्मेवारी प्रधानाध्यापकको हो। प्रधानाध्यापक विद्यालय शिक्षाको आधारभूत कार्यालय प्रमुख हो, विद्यालयको जग हो। प्रधानाध्यापकले कक्षा सञ्चालनको समयसारिणी बनाउँछ। विद्यालयको समग्र शिक्षण–सिकाइ गतिविधि नियमित गराउनु पर्नेमा त्येसो नभएको देखिन्छ । प्रधानाध्यापक हुनु भनेको हाकिम हुनु होईन, देश निर्माणको लागि आधारभूत तहमा जिम्मेवारी निर्वाह गर्नु हो ।
कतिपय बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु पार्टीको आडमा मनपरीतन्त्र चलाईरहेको पनि पाईन्छ । जसको फलस्वरुप शिक्षकहरु बिद्यालयमा कम उपस्थिति, शैक्षणिक पेशा भन्दा अन्य पेशाहरुमा बढी समय लगानी हुनु इत्यादी कारणहरुले प्राय नेपालका सामूदायिक बिद्यालयहरुको शैक्षिकस्तर निनानुदिन खस्किदो अबस्थामा रहेको पाईन्छ ।
प्रधानाध्यापकले विद्यार्थीहरूको सामूहिक रेखदेख गर्छ। व्यक्तिगत रेखदेख आवश्यक पर्ने विद्यार्थी पहिचान गर्छ। सकेसम्म सबै विद्यार्थीको पारिवारिक र आर्थिक–सामाजिक अवस्थासहितको व्यक्तिगत विवरण आफ्नो जानकारीमा राख्छ।
प्रधानाध्यापकले विद्यार्थीसँग सामूहिक छलफल गर्छ। शिक्षण–सिकाइ गतिविधिबारे उनीहरूको धारणा सुन्छ। शिक्षकबारे अनुभव सुन्छ। कुनै गुनासो भए त्यसको निवारण गर्छ। विद्यार्थीको सामूहिक आग्रहको सम्मान गर्छ र तदनुकूल कदम चाल्छ।
विद्यालयका लागि अर्को महत्त्वको पक्ष हो अभिभावक। प्रधानाध्यापकले तालिकाबद्ध भएर अभिभावकहरूसँग सामूहिक र व्यक्तिगत भेट–छलफल गर्छ। सामूहिक भेटमा विद्यालयप्रति उनीहरूको धारणा सुन्छ, आवश्यकताअनुसार सुझाव लिन्छ। व्यक्तिगत भेटमा ती अभिभावकसँग सम्बद्ध विद्यार्थीको शिक्षण–सिकाइ र अन्य आवश्यक विषयमा छलफल गर्छ। सुझाव दिन्छ, सुझाव लिन्छ।
समग्रमा प्रधानाध्यापक विद्यालयको पहिलो अभिभावक हो। यस नाताले सबैभन्दा बढी जिम्मेवार व्यक्ति पनि प्रधानाध्यापक नै हो। विद्यालयको संरचना एउटा परिवारजस्तै हुन्छ। प्रधानाध्यापक, शिक्षकहरू र विद्यार्थीहरू एकै घरपरिवारका सदस्य हुन्। प्रधानाध्यापक पनि शिक्षक हो। प्रत्येक शिक्षकका लागि विद्यार्थीहरू छोराछोरीसरह हुन्। आआमाबाबुले छोराछोरीलाई गरेसरह मायाप्रेम गर्छन्।यसरी प्रधानाध्यापकले देशको उन्नत भविष्यका लागि जनशक्ति उत्पादनको जग बनाउने कामको नेतृत्व गरेको हुन्छ भन्ने ऊ मान्छ। यस अर्थमा प्रधानाध्यापक पद होइन, प्रधानाध्यापक हुनु भनेको हाकिम हुनु होइन, देश निर्माणको आधारभूत तहमा जिम्मेवारी निर्वाह गर्नु हो।

धरान कार्यपालिका बैठक एजेण्डा नराखिनै स्थगित

चन्द्र ढकाललाई मेयर साम्पाङको आग्रह,पूर्बमा लागेको दाग मेटाउन ५ किमि पाई किन्न आग्रह

थुलुङ राई सहजीकरण सोलुखुम्बुको विशेष साधारण सभा सम्पन्न

गैर नेपाली ‘किचक’ फिरन्सते मुदायका यीनिहरु कहाबाट आए ?

थुलुङ राई सहजिकरण सोलुखुम्बुले गर्यो थुलुङ भाषामै महिना र बारसहतिको भित्तेपात्रो सार्बजनिक

प्रतिक्रिया दिनुहोस्