शुक्रबार, चैत्र १४, २०८१ | Fri March 28, 2025


सरकारद्धारा निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान

सरकारद्धारा निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान

Omribung | ३ वर्ष अघि

काठमाडौं १६ पुष ।
सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ भने आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्वाचन आयोगसम्बन्धी विधेयक र निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृत प्रदान गरेको हो । मन्त्री कार्कीका अनुसार बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययनरप्रयोगात्मक अभ्यासरइन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने गरेको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले आदिकवि भानुजन्मस्थल विकास समितिको अध्यक्ष पदमा ऋषिराम पन्त र कार्यकारी निर्देशकमा शंकर रानाभाटलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले १८ पुसदेखि १२ दिनकालागि बलाधिकृत बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको कार्यभार तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा।गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेण्टर ढाकामा वरिष्ठ कार्यक्रम विज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
यो पनि पढ्नुहोस  धरानमा निस्कियो सद्भाव –याली, जिल्ला प्रशासनद्धारा सामूहिक कार्यक्रममा रोक


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित